समुदाय स्तरमा कोरोना बढ्न थालेपछि राप्ती गाउँपालिकाको शंकर मावि शिल



सिसहनियाँ २६ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको शंकर माध्यमिक विद्यालय शिल गरिएको छ । राप्ती गाउँपालिकाको निर्देशनमा सिकाई सहजीकरण हुँदै आएकोमा समुदाय स्तरमा पनि कोरोना भाइरस ( कोभिड१९) को संक्रमण तिव्र गतिमा फैलिरहेकाले विद्यालयका केहि विद्यार्थीहरूमा पनि त्यसको मिल्दोजुल्दो लक्षण देखा परेकाले र शिक्षकको सम्पर्कमा आएका व्यक्तिहरूमा समेत कोरोना पोजेटिभ देखिएकोले असोज २६ गते सोमबार देखि असोज ३० गते शुक्रबार सम्म ५ दिनका लागि विद्यालय शिल गर्नु परेको विद्यालयका प्रअ सुवर्णमान चाैधरीले जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ देखाएका व्यक्तिको सम्पर्कमा रहेका शिक्षकको पिसिअार रिपोर्ट नआएकाले सो समय अवधीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरूको समन्वयमा सञ्चालन हुँदै अाएको शिक्षण सिकाई सहजीकरण तत्कालका लागि बन्द गरिएको र कक्षा ११ को परिक्षा तथा अत्यावश्यक प्रशासनिक कार्य भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्ने निर्णय भएको विद्यालयका प्रअ चाैधरीले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्