रुकुम हत्याकाण्डमा आरोपी ८ जनालाई छोड्न उच्च अदालत सुर्खेतको आदेश



रुकुम नबराज हत्याकाण्डमा हत्यामा आरोपी ८ जनालाई छोडन उच्च अदालत सुर्खेतको आदेश

गत १० जेठमा जाजरकोटका नबराज बिकको रुकुम चौरजहारीकी एक मल्ल थरकी किशोरीसंगको प्रेम र बिवाहाको कारण नबराज सहित गणेश बुढा, सन्जु बिक , लोकेन्द्र सुनार, टिकाराम सुनार , गोबिन्द शाहीको निर्मम हत्या गरि फालिएको भेरी नदिमा लास फेला परेको थियोे ।
उक्त घटनामा १२ जना नबराजका साथीहरु भने घाइते अबस्थामा नै बाच्न सफल भएका थिए ।

नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित छ जनाको हत्या भएको घटनामा संग्लन ८ जनालाई उच्च अदालत सुर्खेतले छाड्न आदेश दिएको छ ।
रुकुमपश्चिम अदालतको आदेशमा थुनामा रहेका ३६–४० र ३६–३९, लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर पुनलाई उच्च अदालतले छोड्न आदेश दिएको हो ।

आइतबार राति ११ बजे उच्च अदालत सुर्खेतका मुख्यन्यायाधीस कुमाल चुडालको एकल इजालासले गरेको फैसलामा आठ जनालाई छाड्न आदेश दिएको हाे ।
रुकुम जिल्ला अदालतले ८ असारमा गरेको बेरीतको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा घटनामा संग्लन परिवारका सदस्यहरूले रिट दायर गरेका थिए ।

उच्च अदालत सुर्खेतले ८ असारमा रुकुमपश्चिम जिल्ला अदालतले गरेको आठ जनाको बेरितको आदेश बदर गरेको उच्च अदालत सुर्खेतले जनाएको छ ।

८ असोजदेखि सुरु भएको बहसपछि उच्च अदालत सुर्खेतले आइतबार राति ११ बजे मात्र फैसलामा पछिल्लो पटक प्रहरी अनुसन्धानका लागि लिएका छ जना र दुई जना किटानी जाहेरीवालालाई तारिखमा समेत नरहने गरी उच्च अदालत सुर्खेतले फैसला गरेको अदालतले जनाएको छ ।
उच्च अदालत सुर्खेतमा सुनुवाइ ( बहस ) सुरु भए देखि नै मृतकका परिवार सहित दलित अधिकारकर्मीहरुले उच्च अदालतको गेटमा धर्ना र आन्दोलन गर्दै खबरदारी गर्दै आएका थिए ।
रुकुम पश्चिमको सोती घटनामा संलग्नता भएको अभियोगमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेद्भावलगायतको अभियोगमा रुकुमपश्चिम अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रतिवादी बनाइएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एक जनालाई मतियारको रुपमा मुद्दा दर्ता भएको थियो ।
आरोपीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले १० असारमा पूर्वपक्षका लागि थुनामा पठाएको थियो ।

सोती घटनामा संलग्न भएको आरोपमा २९ जनालाई पक्राउ गरेकोमा अदालतले दुई जनालाई सुधार गृहमा पठाउन आदेश दिएको थियो ।

यस्तै, तीन जनालाई तारेखमा र एक जनालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्