राप्रपाले आकस्मिक बैठक किन बालायो त



सैघाली खबर,
काठमाडौं १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौँमा बोलाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा आज बसेको केन्द्रीय पदाधिकारी तथा मन्त्रीहरुको संयुक्त बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

देशभरबाट १४१ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकले वैचारिक, सांगठनिक दृष्टिकोणमाथि छलफल गरी भावी कार्यनीति तय गर्ने जनाइएको छ । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पार्टीले विविध कार्यक्रम गरी मनाउने निर्णयसमेत गरेको छ । पुस १४ गते स्व राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्वबारे काठमाडौँमा एक गोष्ठी पनि गरिने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्