अनुहारको छाला र कपालको चमक बढाउन लौकाका जुस



के तपाइलाई थाहा छ ? लौकामा हुने विभिन्न पोषक तत्वले मानिसको कपाल, छाला लगायतका शरीरका विभिन्न अंगहरुलाई लाभ दिन्छ ।

१. कोमल र सफा छालाका लागि

लौकाको जुसले रगत सफा गर्ने काम गर्छ । जसले छालालाई सफा गर्न मद्दत गर्छ । यसले शरीरलाई भित्रि रुपमा नै सफा गर्छ । जसले विभिन्न स्वास्थ्य समस्याहरुबाट टाढा राख्न मद्दत गर्छ । यदि लौकाको जुस पिउन मन नलागे बेसन, दही मिसाएर फेस प्याक लगाउन पनि सकिन्छ ।

२. अनुहारलाई चमकदार बनाउन

लौकामा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व पाइन्छ । यसले अनुहारमा प्राकृतिक रुपमा अनुहारमा चमक ल्याउँछ । त्यसैले लौकाको जुस दैनिक रुपमा पिउनु पर्छ ।

३ . कपाल सेतो हुन र झर्नबाट रोक्न

लौकाको जुसले कपाललाई उमेरभन्दा पहिले नै सेतो हुनबाट बचाउँछ । यसमा भिटामिन बी पाइन्छ जसले कपाललाई राम्रो बनाउँछ । लौकाको जुसले कपालको जरामा मालिस गर्दा कपाल झर्न कम हुन्छ ।

४ .कालो दागधब्बा हटाउन

लौकालाई क्लिजिङको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा भएको दागधब्बा, फोहोर सफा गर्छ । यसले अनुहारलाई डिटक्सिफाई गराउँछ । यसले सीबम उत्पादन गर्न नियन्त्रण गर्छ । जुन बे्रकआउट कम गर्न मद्दतगार हुन्छ । जसले तैलिय छालाको समस्याबाट मुक्ति दिलाउँछ ।

५ .चाउरीपन कम गर्न

लौकाको जुसमा भिटामिन सी हुन्छ । यसले समयभन्दा पहिले छाला बुढो हुनबाट बचाउँछ । भिटामिन सीले छालाका कोशिकाहरुलाई बुढो हुनबाट बचाउँछ । यसले अनुहारको छालामा चाउरीपन कम गर्न मद्दत गर्छ । यसका लागि लौकाको जुस पिउने र पेष्ट अनुहार तथा गर्दनमा लगाउनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्