मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले प्रमुख सचेतकको जिम्मा दिएपछि नेपालीले आगामी कार्तिक ७ गते संसदीय दलको बैठक बोलाएकी हुन



काठमाडौं । कर्णाली
मुख्यमन्त्री शाहीलाई आइतबार नेकपाकै १८ जना सांसदहरुले हस्ताक्षर गरी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद बाहिर आएको हो। एक्कासी अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शाहीले पार्टीको आन्तरिक समस्या छलफल र बैठकबाटै समाधान गर्ने बताएका थिए। तर, सत्तारुढ दलकै सांसदहरुले आफूलाई संसदीय दलको नेताबाट हटाउने र सरकार नै परिवर्तन गर्ने खेलमा लागेपछि सोमबार काउन्टर गरेका छन्।

सोमबार मुख्यमन्त्री शाहीले नेकपाका मुख्य सचेतक गुलाबजंग शाहलाई कामकारवाही सन्तोषजनक नभएकोले जिम्मेवारी मुक्त गर्दै सांसद सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

नवनियुक्त प्रमुख सचेतक नेपालीले आफूले जिम्मेवारी पाएपछि संसदीय दलको बैठक बोलाएको बताइन्।

सचेतक मै हुँ, बैठक भोलि नै बस्छ– शाह

यता प्रमुख सचेतक शाहले आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्नेबित्तिकै हतार–हतार असोज २७ गते मंगलबार दलको बैठक बोलाएका थिए। तर, मुख्यमन्त्रीको कदमले मंगलबार बोलाइएको संसदीय दलको बैठकको आधिकारिकतामाथि प्रश्न उठेको छ।

उसो त प्रमुख सचेतकबाट पदमुक्त भइसकेका शाहले भने ‘कोमामा गएका संसदीय दलका नेता’ले गरेको निर्णय लागू नहुने र आफू नै प्रमुख सचेतक भएकाले बैठक भोलि (मंगलबार) नै बस्ने बताउँदै आएका छन्।

किन आयो अविश्वास प्रस्ताव? अब के होला ?

मुख्यमन्त्री, मन्त्री नपाएको र आफ्नो निर्वाचन क्षेत्र एवं आफूले भनेको क्षेत्रमा बजेट नछुट्याएको लगायतका असन्तुष्टिले गर्दा मुख्यमन्त्री एवं संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव ल्याएको नेकपाकै प्रदेशका नेताहरुले बताउने गरेका छन्।

कर्णाली प्रदेशको नेकपा संसदीय दलमा देखिएको विवाद र अविश्वासको प्रस्तावले केन्द्रसम्मै प्रभाव पारेको छ। कर्णालीमा पूर्वएमालेका पूरै र पूर्वमाओवादीका ३ जनासमेतको सहभागितामा अविश्वास प्रस्ताव ल्याएपछि पार्टी अध्यक्ष प्रचण्डले सोमबार बिहान प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाललाई भेट गरेर अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह गरेका थिए।

पार्टी एकता प्रक्रिया अझैं नटुंगिएको र एकताकै बेलाको सहमतिअनुसार पूर्वघटकहरुलाई विभाजन गरिएका राजकीय पदहरुमा समेत पार्टीभित्रैबाट संसदीय गणितको खेल खेलिए पार्टी विघटनतर्फ जाने जानकारहरु बताउँछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्