चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँचलाई तिव्र पारेको छ



रमेश विश्वकर्मा
गुल्मी, असोज २६ / चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँचलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीले सोमबार एकै दिन १८ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए । उनका अनुसार यात्रुहरु बढी बोकेका सवारी र कागजपत्र नभएकालाई नियन्त्रण लिई कारवाही गरिएको छ ।
जिप ६ वटा, ट्याक्टर २ वटा, अटो १ वटा, मोटरसाइल ७ वटा, स्कुटी २ वटालाई नियन्त्रणमा लिई कारवाही गरिएको डिएसपी पन्तले बताए । नियन्त्रणमा लिईएका सवारी साधनमध्ये ट्याक्टर, मोटरसाइकल, स्कुटी र अटोलाई कारवाही स्वरुप जरिवाना गरि छोडिएको छ । जिपलाई दुई दिनसम्म नियन्त्रणमा राखेर छोडीने बताइएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)लाई रोकथाम तथा नियन्त्रण गर्नको लागि जनचेतना मुलक कार्यक्रम गरि हरेक सवारी साधनहरुलाई सिटको क्षमताको आधा मात्र यात्रु राख्न तथा प्रत्येक यात्रुहरुलाई माक्सको प्रयोग गर्न सुचित गरिएको छ ।
ग्रामीण भेगकामा जाने सवारीले मनपरी भाडा लिने र दोब्बर यात्रु सवार गराई रहेको गुनाँसो नागरिकले गरेपछि जिल्ला ट्राफिक कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुगमनलाई तिव्र बनाएको छ । यसअघि पनि मापदण्ड विपरीत यात्रु राखेको र मनपरी भाडा लिइएको पाईएपछि विभिन्न सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्