काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै बैठकले मानवअधिकार सम्बन्धी ५ वर्षीय कार्ययोजना पारित गरेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।