काठमाडौं । मन्त्रीहरुले कोरोना नियन्त्रणका लागि काठमाडौं आवतजावतमा कडाइ गर्न सुझाव दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले यस्तो सुझाव दिएका हुन् ।
मन्त्रीहरुले सुझाव दिए पनि कुनै निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसबारेमा सीसीएमसीले प्रस्ताव ल्याउनुपर्नेछ । तर सीसीएमसीका तर्फबाट कुनै पनि प्रस्ताव नआएकाले निर्णय नभएको उनको भनाइ थियो ।
आजको बैठकमा कात्तिक १ गतेबाट भिडभाड हुने सरकारी कार्यालय केही समयका लागि बन्द गर्नुपर्ने विषयमा पनि कुरा उठेको थियो । तर त्यसबारेमा पनि कुनै निर्णय नभएको ती मन्त्रीको भनाइ थियो ।काठमाडौं । मन्त्रीहरुले कोरोना नियन्त्रणका लागि काठमाडौं आवतजावतमा कडाइ गर्न सुझाव दिएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुले यस्तो सुझाव दिएका हुन् । मन्त्रीहरुले सुझाव दिए पनि कुनै निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार यसबारेमा सीसीएमसीले प्रस्ताव ल्याउनुपर्नेछ । तर सीसीएमसीका तर्फबाट कुनै पनि प्रस्ताव नआएकाले निर्णय नभएको उनको भनाइ थियो ।
आजको बैठकमा कात्तिक १ गतेबाट भिडभाड हुने सरकारी कार्यालय केही समयका लागि बन्द गर्नुपर्ने विषयमा पनि कुरा उठेको थियो । तर त्यसबारेमा पनि कुनै निर्णय नभएको ती मन्त्रीको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।