राष्ट्रपति–प्रचण्ड भेटबार्ता , राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भए यस्ता छलफल



सैघाली खबर,
काठमाडौं १३ पुस। राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम चाँडो नयाँ सरकार गठन भई मुलुकको समृद्धितर्फ लाग्ने कार्यमा सफलता मिलोस् भनी अध्यक्ष दाहाललाई शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार जनताको भावना बमोजिम सरकार गठनपछि मुलुकको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिले गति लिने अपेक्षासमेत व्यक्त गरृमी थिइन् । राष्ट्रियसभाको निर्वाचन कुन पद्धतिमा गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद कायम हुँदा त्यससम्बन्धी अध्यादेश जारीमा ढिलाइ भइरहेको छ । राष्ट्रियसभाको निर्वाचनपछि या अगावै नयाँ सरकार बन्ने भन्ने पनि टुङ्गो लागिसकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्