कुन अवस्थामा दाँतमा तार आवश्यक हुन्छ ?



सामान्यभन्दा फरक (बाङ्गो) खालको दाँतलाई सही बनाउने उपकरणलाई टिथ ब्रेसेस भन्ने गरिन्छ । भद्रगोल रूपमा रहेको दाँतलाई टिथ ब्रेसेसले एउटै पङ्क्तिमा ल्याएर सिधागर्ने गर्छ । ब्रेसेस दाँतको बीचको खाली ठाउँ भर्न समेत उपयोगी हुन्छ । टिथ ब्रेसेसको उपयोग प्रायः त्यतिबेला गर्ने गरिन्छ जब तल्लो या माथिल्लो बंगाराको दाँत केही बाहिर निस्किएको हुन्छ । दाँत सही पङ्क्तिमा नहुनु या अघिपछि भएको अवस्थामा ब्रेसेसको आवश्यकता पर्छ ।

दाँतको सामान्य सुधारको लागि एक अर्काे विकल्प पनि छ । यसमा अलग प्रकारको उपकरणको समेत प्रयोग गर्न सकिन्छ । जसलाई अलाइनर या इनभिजिबल ब्रेसेस भन्ने गरिन्छ । यो उपकरण अनुसार हामीले यसलाई आवश्यक परेको बेलामा दाँतबाट हटाउन पनि सक्छौं । किनकि साधारण ब्रेसेसको जस्तो यो तारबाट बाँधिएको हुँदैन । यो पारदर्शी पनि हुन्छ यसकारण वयस्क मान्छेका लागि यो बढी स्वीकार्य छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्