गुल्मीदरबारले गर्यो बजार अनुगमन :५९ पसललाई कारवाही



तारा कंडेल असोज २६ गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाले असोज १९ गते देखि २६ गते सम्म संचालन गरेको बजार अनुगमनको पहिलो चरण सम्पन्न भएको छ । बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका २२१ पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा म्याद गुज्रेका खाध्य पदार्थ (सुजी¸ पुरन दाना¸ भुजा¸चिउरा¸ आटा,)¸ मसलाजन्य पदार्थ (मिट मसला¸ सब्जी मसला¸ चाट मसला¸ बेसार¸ खुर्सानी पाउडर)¸ पेय पदार्थ (फ्रुटी¸ कोक¸ फेन्टा¸ स्प्राइट लगायत)¸ कस्मेटिक सामग्री (क्रिम¸ फेसियल क्रिम¸ मेहन्दी¸ बोडी परफ्यूम¸ पाउडर)¸ म्याद गुर्जेका पेन्टहरु¸ टुथ पेस्टहरू,विद्यालयको १०० मिटर भित्रका पसलहरुबाट सूर्ति जन्य पदार्थ¸चुरोट लगायतका सामग्रीहरु ५९ वटा पसलहरुबाट जफत गरी जरीवाना रकम असुल गरिएको छ ।

प्रथम पटकको लागि रु. ५००।- जरिवाना रकम लिईएकोमा आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा रु ६,०००।- सम्म जरीवाना लिने कार्यविधि जारी गरीएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराउनु भयो । पालिकामा व्यवसाय दर्ता नगरी संचालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई ७ दिन भित्र व्यवसाय दर्ता तथा नविकरणको लागि लागि पत्र काटिएको छ ।

बजार अनुगमन पश्चात असोज २६ गते सम्म पालिकामा ११० पसलहरु दर्ता नविकरणको लागि आएका छन् भने दैनिक ३०/४० वटा पसलहरु दर्ता तथा नविकरण भैरहेका छन् । नागरिकहरुले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न बजार अनुगमन गरिएको र यसलाई २/३ महिनामा निरन्तर बजार अनुगमन गरिने व्यवस्था मिलाईएको छ ।

गाउँपालिकामा दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई आश्विन महिना सम्म दर्ता गर्न अनुरोध गरिएको हुँदा अनिवार्य व्यवसाय दर्ता गर्नु हुन समेत अपिल गरिएको छ । बजार अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष मिना भण्डारी¸ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको प्रतक्ष्य सुपरीवेक्षणमा गरिएकोहो। सुरक्षाकर्मी ,पत्रकार लगायतको समेत उपस्थितिमा गाउपलिकाका कर्मचारीहरुको भिन्न भिन्न समूह निर्माण गरी बजार अनुगमनमा खटाईएको थियो ।
पालिकाका बाँकी रहेका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको अनुगमन निरन्तर गर्ने कार्यक्रम रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्