सरकारले गर्यो अहिले सम्मकै उत्कृष्ट निर्णय ,यस्ता छन निर्णयहरु



सैघाली खबर,
काठमाडौं,१३ पुस –।दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको जीविकोपार्जनका लागि मासिक पाँच पाँच हजार रुपैयाँ दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस अघि सरकारले सरकारले मिर्गौलाका विरामीलाई निशुल्क डायलासिस सेवा र क्यान्सर रोगीको उपचारका लागि एक लाख रुपैया आर्थिक सहायता दिने निर्णय गरेको थियो ।

यस्तै बिहीबारको मन्त्रीपरिषद बैठकले स्वास्थ्य सचिवमा पुष्पा चौधरीलाई नियुक्त गरेको छ । यस्तै, विवादमा तानिएको रानीपोखरीको पुनर्निर्माण प्रक्रियालाई पुरातत्व विभागको मापदण्ड अनुसार बनाउन निर्देशन दिएको छ । रानीपोखरीको पुनर्निर्माणमा काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरबीचको विवाद सतहमा आएपछि बैठकले पुरातत्व विभागको मापदण्ड अनुसार बनाउन महानगरपालिकालाई निर्देशन दिएको हो ।

यसैबीच बिहीबारको बैठकलले सिटीइभिटीको ६ अर्ब ३० करोड सहायता ऋण र काठमाण्डौ विश्वविद्यालय अनुसन्धान विभागका लागि कोरिया सरकारको एक अर्ब चार करोड सहयोग स्विकार गर्ने निर्णय पनि गरेको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्