विपन्न २९ परिवारलाई नेताले गरिदिए स्वास्थ्य बीमा



मुक्ति न्यौपाने
पाल्पा, असोज २६
वगनाशकाली गाउँपालिका–६, टोक्सेका २९ विपन्न दलित घरपरिवारका व्यक्तिहरुलाई नेपाली कांग्रेसका नेताहरुले स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।

विपन्न दलित परिवारको स्वास्थ्य बीमाको रकम हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका सांसद वीर बहादुर रानाले सरकारको गैर जिम्मेवारीका कारण पछिल्लो समय नेपाली जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन मुस्किल भएको बताए । कोरोना महामारीले विश्व आक्रान्त भएको छ, सरकार भने स्वार्थगत राजनीतिमा भुलेको छ । जनतालाई गरिखाने रोजगारी खोसिएको छ यस्तो अवस्थामा बिरामी हुँदा उपचार पाउन सहज होस् भनेर स्वास्थ्य बीमामा सहयोग गरेको रानाले बताए ।

वगनाशकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले आफूहरुले आवश्यकताका आधारमा जनताको समस्या सम्बोधन गर्न व्यक्तिगत समेत सहयोग पु¥याउँदै आएको बताए । टोक्सेका विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि वीरबहादुर राना र कृष्ण प्रसाद बस्यालले २०÷२० हजार र लक्ष्मी प्रसाद अधिकारीले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्