मुसहरसमुदाय द्धारा संजय महरालाई सम्मानित



सिरहा÷२५ गते आश्विन, सिरहा जिल्लाका कल्याणपुर नगरपालिका वडा नम्बर १ का लामो समयदेखी दलित आन्दोलनमा सकृयरहदै आएको संजय महरा मिर्चैया नगरपालिका वडा नम्बर ३ बकथलवामा जनकल्याण मुसहर एकता सेवा समाज नेपालद्धारा स्वागत तथा सम्मान समाहरो आयोजनागरिे आईतवार एक कार्यक्रम गरि दलित अधिकारकर्मी संजय महरालाई सम्मान गरेको हो ।

दलित अधिकारकर्मी संजय महरालाई नेहा सदाकी बुवाले खादालगाई सम्मान गरिएको छ भने नेहा सदाले अविर समेत लगाएका थिए । दलित अधिकारकर्मी संजय महरा विगत एक दशक देखी मधेशी दलित आन्दोलन, हक अधिकार तथा समाजिक न्यायँका क्षेत्रमा कृयासिल रहेको छ । मधेशमा अतिनै पछाडिपारिएका दलित समुदायको जनचेतना स्तर उठाउनका लागि दीनअहोरात कृयासिल रहेको छ ।

अधिकारकर्मी महराले मधेशमा भईरहेको जातिय छुवाछुत, हत्या, हिंसा, बलात्कार तथा जातिय विभेदविरुद्ध आवाजउठाउदै आईरहको छ । अधिकारकर्मी महराले समाजमा भईरहेको विभेद तथा असमानता अन्त्यकालागि दलितहरुलाई संगठित गर्दै न्याँयकालागि आन्दोलन गरिदै आईरहको पनि छ ।

मधेशमा दलितहरुको बलात्कार तथा हत्याका अपराधिलाई कारवाहिका निम्ती संघर्ष समेत गर्दै आन्दोलनको सिरहा लगायत प्रदेश नम्बर दुईमा अगुवाई गरिरहेको छ ।दलित अधिकारकर्मी संजय महरा दलित जागरण केन्द्र नेपालका सचिव समेत रहेको छ । संस्थामार्फत दलितहरुलाई जनचेतना तथा हक अधिकारकालािग विभिन्नकार्य गरिरहेको छ ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर ३ बकथल्वाका ११ वषर््ीिय नेहा सदाको आँखाको उपचारमा सहयोगमा अग्रणि भुमीका निर्वाह गरेको थियो । नेहा सदाको काठमाण्डौको तिलगंगा अस्पतालमा आखाँको अपरेशनमा आर्थीक सहायोग संकलनमा समाजिक संजाल मार्फत सहयोग जुटाएकोर सहयोग समेत संजय महराले गरेका थिए । संजय महरालगायतका सहयोगिहाथहरुको सहयोगले नेहा सदाको उपचारको लागि १ लाख ६३ हजार रकम संकलन भएको छ । नेहा सदा र उनको बुवा भोला सदा उपचार सफलपश्चात आफनो घर दुईहप्ता पछि घरफर्केका छन ।

जनकल्याण मुसहर एकता सेवा समाज नेपालद्धारा स्वागत तथा सम्मान समाहरो कार्यक्रमको अध्यक्षता शिव सदाले गर्नु भएको थियो । सम्मान समाहरोह कार्यक्रममा लामो समय देखी मुसहर समुदायको सर्वाङ्गीक विकासका लागि कृयाशिल तथा भोर संस्थाका अध्यक्ष पाँचुलाल माझीको विशिष्ट आतिथ्य रहेको थियो ।

अध्यक्ष पाँचु माझीले नेहा सदाको उपचारको लागि सहयोगी हाथहरुलाई धन्यवाद प्रकट गरेका थिए पाँचुमाझीले मनतव्यमा मुसहर समुदायको समस्यालाई मात्रे हैनहामीले सम्मपूर्ण दलितको समस्याका लागि काम गरिरहने समते बताउनुभयो । ऋषिकुल समाजका सचिव धनिर सदाले समेत सहयोगि हाथहरुलाई धन्यवाद प्रकट गरको थियो । कार्यक्रममा जनकल्याण मुसहर एकता सेवा समाज नेपालका अध्यक्ष राजेन्द्र सदाले समेत मनतव्य राखेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्