लमही नगर क्षेत्रका विद्यालय १५ दिनका लागि बन्द, बैकल्पिक शिक्षण सिकाई गर्न आग्रह



श्रवण बस्नेत , लमही २७ असोज । लमही नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय १५ दिनका लागि बन्द हुने भएका छन् । कोरोना महामारीका कारण विद्यालयमै पठनपाठन गर्दा जोखिम हुने भन्दै कार्तिक १ गते देखि १५ गते सम्म विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय आग्रह गरेको छ ।

सोमवार विद्यालयका प्रअहरु सँग भएको छलफलका आधारमा कार्तिक १ गते देखि विद्यार्थीहरुले स्वअध्यन गर्ने र नबुझेका कुरा फोन मार्फत शिक्षकहर सँग सोध्ने, टेलिफोन कन्फ्रेन्सका माध्यमबाट सहजीकरण गर्दै सिकाईलाई प्रभावकारी बनाउन नगरपालिकाका अधिकृत छैठौ पदका सहायक प्रमुख अधिकृत रबिन्द्र क्षेत्रीले आग्रह गरेका छन् । नगरपालिकाले मंगलवार एक विज्ञप्ती जारी गरेर विद्यालय, अभिभावक तथा शिक्षकहरुलाई यस्तो आग्रह गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्