दाङमा अनौठो सर्प फेला



दाङ २७ असोज । दाङमा पहिलो पटक सुन्दर सर्प अर्नेट फ्लाइङ फेला परेको छ । केही दिन पहिले घोराही उपमहानगरपालिका वडा नम्बर २ सुर्केडाँगीमा फेला परेको उक्त सर्प स्थानीयले मारेका छन् । विगत तीन वर्षदेखि सर्पको उद्धार गर्दै आएका घोराहीका वसन्त सुवेदीले आफू पुग्दा जिल्लामा पहिलो पटक फेला परेको अर्नेट फ्लाईङ स्नेकलाई स्थानीयले मारिसकेको अवस्थामा फेला परेको जानकारी दिएका छन् । मारेको सर्पको लम्बाइ झन्डै डेढ मिटर सम्म लामो रहेको उनले बताएका छन् ।

अंग्रेजीमा ‘अर्नेट फ्लाइङ स्नेक’ भनिने यो सर्प एउटा रूखबाट अर्को रूखमा सहजै हाम फालेरै जाने हुँदा यसलाई सर्वसाधारणले उड्ने सर्प पनि भन्ने गर्छन् । सुवेदीका अनुसार यो सर्पले सोझै बच्चा जन्माउँछ। अन्यथा अधिकांश सर्पले सन्तान उत्पादनका लागि अण्डा पार्ने गर्छन् । हेर्दा निकै सुन्दर देखिने यो सर्पको बासस्थान तराईका वन जंगल तथा पहाडी क्षेत्र हो ।

तर बढी यो सर्प तराईमा पाइने सुवेदीले बताए । कतिपय स्थानीयले यो सर्पलाई देखेपछि भगवान डुमेनी सर्प भनेर पूजा गर्नुपर्ने राय पनि राखेछन्,’सुवेदीले भने ‘सर्प घरको पर्खालमा चढ्न थालेपछि त्यसले मान्छेलाई टोक्छ भन्ने ठानेर स्थानीयले मारिदिए छन् । सुर्केडाँगीका एक जनाले उनलाई अनौंठो सर्प देखिएको भनेर उद्धारको लागि फोन गरेर बोलाएको भए पनि आफू बिहान ११ बजेतिर पुग्दा नबुझेर स्थानीयले सर्प मारिसकेको अवस्थामा फेला परेको सुवेदीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्