तीन टोल बिकास संस्थाको अनुगमण गर्दा, यस्तो भेटियो



सैघाली खबर,
दाङ १३ पुस ।

तुलसीपुर उपमहानगरपालिका ५ का तीन वटा टोल बिकास संस्थाको बाल श्रमीकको अबस्थाका बारेमा अनुगमण गरिएको छ । बुधबार नबजागरण महिला तथा बाल संरक्षण केन्द्र ( न्युसिपिसी)ले तुलसीपुरको हिमाल टोल बिकास संस्था, बिष्णु टोल बिकास संस्था, अरणीको टोल बिकास संस्थाको अनुगमण गरिएको हो । न्युसिपिसीका कार्यक्रम संयोजक भिम बहादुर खत्री, गैरसरकारी संस्था महासंघ दाङका अध्यक्ष नानिमैया वली, तुलसीपुर उपमहानगरपालिका ५ का वडा सचिब सञ्जय कुमार गुप्ता, सामाजिक परिचालक प्रकाश वलीसहित पत्रकारको टालीले ती टोल बिकास संस्थामा अनुगमण गरेको हो ।

हिमाल टोल बिकास संस्था र बिष्णु टोल बिकास संस्थामा बालश्रमीक नभएको पाईएको थियो भने अरणीको टोल बिकास संस्थामा भने केही बालश्रमीक रहेको पाईएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ लाई बालश्रम मुक्त बनाउने योजना अनुसार अनुगमण गरिएको हो । पहिलो चरणमा ७ वटा टोल बिकास संस्थालाई बालश्रम मुक्त बनाउने योजना रहेको छ ।​

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्