मोदी सरकारले थुनेकी काश्मिरकी पूर्व मुख्यमन्त्री महबुबा रिहा हुँदै



नँया दिल्ली । भारत प्रशासित पहाडी राज्य जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीलाई रिहाई गर्ने निर्णय भएको छ ।

पीडीआईका अध्यक्ष समेत रहेकी मुफ्तीलाई रिहा गर्ने निर्णय भएको जम्मु कश्मिर प्रशासनका प्रवक्ता रोहित कंसलले जानकारी दिए ।

महबुबाकी छोरी इल्तिजाले ट्वीटमार्फत भनेकी छिन्, ‘अब मिस मुफ्तीको अवैधानिक हिरासतको अन्त्य भएको छ । यो कठिन समयमा सहयोग गर्ने मानिसहरुलाई धन्यवाद दिन चाहन्छु ।

म धेरै मानिसहरुप्रति ऋणी छु ।’ मुफ्तीलाई सन् २०१९, अगष्ट ५ मा पक्राउ गरिएको थियो । भारतीय केन्द्र सरकारले त्यहाँको संविधानको धारा ३७० अनुसार जम्मु कश्मीर राज्यको विशेष दर्जा रद्ध गर्ने निर्णय गरेसँगै मुफ्ती पक्राउ परेकी थिइन् ।

महबुबाकी छोरी इल्तिजाले आमालाई नजरबन्दमा राखिएको कदमको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र उनका बुबा फारुख अब्दुल्ला पनि गत अगष्टदेखि नै नजरबन्दमा रहेका थिए तर उनीहरु भने पहिले नै रिहा भैसकेका छन् ।

परराष्ट्र मामिला सुरक्षा र नोट छाप्ने अधिकार बाहेक स्वायत्तताको अधिकार पाएको जम्मु काश्मिरलाई भारतीय मोदीको केन्द्र सरकारले त्यहाँका राजनीतिक नेताहरुलाई जेल हालेर काश्मिरलाई केन्द्र सरकारबाटै शासन गर्नेगरि त्यहाँको संसद भंग गरिदिएको थियो । अथवा काश्मिरी जनताको स्वतन्त्रता खोसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्