यस्ता छन् प्रेम सम्बन्ध कमजोर हुनुका मुख्य कारणहरु



कुनै पनि सम्बन्ध प्रेम र विश्वासमा टिक्छ । पति र पत्नीमा पनि यो लागू हुन्छन् । जब आपसी प्रेम, आफ्नोपन र सम्मान रहन्छ, तब दम्पत्तीको सम्बन्धमा चमक कायम रहिरहन्छ । सम्बन्धमा आएपछि जब दम्पत्तीले लामो समय बिताउँछन्, तब समस्याहरु पनि सुरु हुन्छन् ।

भावनात्मक लगाव कम हुनु

सम्बन्धमा जब एकअर्काका लागि भावनात्मक लगाव कम हुन थाल्छ, तब सम्बन्ध निराश हुनथाल्छ । यस्तो सम्बन्धमा मानिसले आफ्नो पार्टनरको वास्ता नै गर्दैनन् । मानिसहरु त्यतिबेला आफ्ना पार्टनरसँग टाढा हुन थाल्छन्, जब सम्बन्धमा प्रेम खतम हुनथाल्छ ।

पार्टनरको ख्याल नराख्नु

आम रुपमा सम्बन्धको सुरुवाती चरणमा हरेक पार्टनरले आफ्नो साथीको राम्रो ख्याल राख्छन् । तर, कहिलेकाहिँ यस्तो हुन्छ कि काामकाजको भागदौडमा उसले तपाईँप्रति ध्यान राख्न सक्दैन र यसमा चिन्ता लिनुपर्ने कुनै कारण छैन । तर केही मौकामा तपाईले आवश्यकताको समय आफ्नो पार्टनरको रवैया पहिलेजस्तो केयरिङ नभएको पाउनुभयो भने यसतर्फ ध्यान दिनु जरुरी छ ।
उनको जिन्दगीमा तपाईँको महत्व कम भइरहेको हुनसक्छ र यस कुरालाई समय रहँदै बुझेर थप निकटता बढाउनका लागि आफ्नो तरिकाले प्रयास गर्नुस् ।

प्रेम दर्शाउन बिर्सनु

मानिसहरु जब सम्बन्धमा व्यवहारिक हुन थाल्छन्, तब उनीहरुको आफ्ना भावनाहरुलाई व्यक्त गर्न समयको बर्बादी हो भन्ने ठान्छन् । सम्बन्ध एउटा बिरुवा जस्तै हो, जसलाई समय–समयमा आफ्नोपन र प्रेम मिल्यो भने भविष्यमा आउने संकटहरुबाट बच्नका लागि यो तयार हुन्छ । यस्तो बानीले सम्बन्धलाई कमजोर बनाउन थाल्छ ।

कम्युनिकेसन ग्याप

लामो समय बिताएपछि धेरै जोडीहरुबीच सञ्चारको ग्याप बढ्न थाल्छ । सम्बन्धमा दरार आउनुको यो महत्वपूर्ण कारण हो । जब तपाईहरु दुबैले आफ्नो कुराकानी शेयर गर्न बन्द गर्नुहुन्छ, तब सम्बन्धमा यसको असर दखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्