‘संगीत भनेको अन्न बाली जस्तै लाग्न थालेको छ’: शिव परियार



संगीतमा सुगन्ध हराएको छ । हरेक दिन सार्वजनिक हुने गीतसंगीतमा मिठास हराएका छन् । युटुबमा भ्यूज र ट्रेन्डिङमा आएपछि २ दिन सामाजिक संजालमा रमाउनु बाहेक कुनै सर्जकले संगीत सिर्जना गरेर के उपलब्धी गर्यो भन्न सकिने अवस्था छैन ।अहिले गीत हतारमा लेखेर, हतारमै रेकर्ड गराएर हतारमै म्यूजिक भिडियो बनाएर हतारमै रिलिज गरिन्छ ।

गायक शिव परियारको गुनासो पनि यस्तै छ । उनले संगीतलाई अन्न बालीसँग तुलना गरेका छन् । ३ महिनामा पाक्ने बालीलाई बिषादी प्रयोग गरेर एक महिनामै पकाए जसरी संगीत पनि यस्तै भएको उनको तर्क छ । उनले प्रश्न गरेका छन्–‘यसरी पाकेको संगीत संगीत जगतकै लागि के स्वस्थकर होला त ?’

उनले लेखेका छन्–‘संगीत भनेको अन्न बाली जस्तै लाग्न थालेको छ हिजोआज । जसरी सही हावा, पानी र वातावरण पाउँदा अन्न बाली सप्रिन्छ, नपाउँदा विग्रन्छ । त्यस्तैगरि संगीत पनि फुल्न सही हावा पानी र वातावरण चाहिने रहेछ । अन्न बाली रोप्न माटो, हावा, पानी र वातावरण चाहिए जस्तै संगीत रोप्न पनि श्रोताहरुको मिल्दो मन, भावना र मस्तिष्क चाहिने रहेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्