कोरोना संक्रमितलाई क्षति हुने भन्दै लोकसेवाको परीक्षा यथास्थितिमा राख्‍न सर्वोच्चको आदेश



काठमाडौँ /२८ असोज।
सर्वोच्च अदालतले लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण गरेर कारोना संक्रमणका कारण अन्तर्वार्तामा सहभागी हुन नसक्ने अवस्था रहेको भन्दै सूचना प्रविधि विज्ञ पदको काम-कारबाही यथास्थितिमा राख्‍न आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले राजपत्रांकित प्रथम श्रेणीको सूचना प्रविधि विज्ञ पदको काम-कारबाही यथास्थितिमा राख्‍न अन्तरिम आदेश जारी गरेको हो ।

रमेशराज सुवेदीले लोकसेवा आयोगलाई विपक्षी बनाउँदै दायर रिटमा यस्तो आदेश भएको हो । सुवेदी सूचना प्रविधि विज्ञमा आन्तरिक प्रतिस्पर्धाबाट भएको प्रतिस्पर्धामा उत्तीर्ण भएको र अन्तर्वार्ताका लागि समेत छनोट भएका थिए ।

अन्तर्वार्ताका लागि असार ३१ का लागि तय भएको मिति सारिएको र साउन २९ गते उक्त परीक्षाको लिखित नतिजा प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया रद्द गरिएको थियो ।

तर, सुवेदी कोरोनाबाट संक्रमित भएपछि असोज २९ को सूचनाअनुसार परीक्षा सञ्चालन भएमा सुविधा सन्तुलनको दृष्टिकोणबाट उनलाई अपूरणीय क्षति हुन जाने भन्दै मुद्दा नटुंगिएसम्म सूचना प्रविधि विज्ञको परीक्षा नगर्न आदेशमा भनिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्