दाङ्गमा पुस २३ देखि जहाज संचालनमा आउने



 

सैघाली खबर
दाङ १३ पुस । लामो समयको छलफल र गृहकार्य पश्चात अन्ततः तुलसीपुर एयरपोर्टमा प्लेन ल्याण्ड गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र समिट इयरका सिइओ मनोज कार्कीले विहिवार काठमाडौमा सहमति गरेपछि प्लेन सञ्चालनमा आउने भएको हो । सहमति अनुसार तत्कालका लागि सातामा दुईपटक आइतवार र शुक्रवार प्लेन उडाउने सहमति भएको हो ।

तुलसीपुरदेखि काठमाडौसम्म डाइरेक्ट उडान हुने सहमति भएको पनि मेयर पाण्डेले वताए । “अहिलेलाई काठमाडौबाट आउँदा १६ र जाँदा १८ यात्रु वोक्नेगरि सहमति भएको छ” पाण्डेले वताए । अहिलेलाई ६ हजार ६ सय र ७ हजार भाडा तोकिएपनि दैनिक उडान भएपछि केही घट्ने पनि उनले जानकारी दिए ।

 

तुलसीपुरमा इयरपोर्ट सञ्चालनमा नआँउदा यहाँका जनताहरु नेपालगञ्ज र भैरहवाबाट यात्रा गर्न वाध्य थिए । “ वाउजर मेसिन र ट्याङ्रका लागि आपूर्ति मन्त्रालयसँग पनि कुरा भइरहेको छ ” पाण्डेले भने । छलफल कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य यज्ञवहादुर केसी र पारिवारिक नीजि वनका केन्द्रीय अध्यक्ष जोगराज गिरीको पनि उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्