काठमाडौँ /२८ असोज।
नेपाल पर्यटन बोर्डमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ ।
बोर्डमा गत असोज २५ र २६ गते केही कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको सम्पर्कमा आएका अन्य कर्मचारीहरुमा कोरोना संक्रमणको जोखिम भएकाले ट्रेकिङ प्रमिट बाहेकका सेवाहरु बन्द गरिएको बोर्डका निर्देशक सन्तोष पन्तले जानकारी दिए ।
साथै कार्यालयको निर्मलीकरण तथा कोरोना परीक्षण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयभित्र कुनै किसिमको भेटघाट तथा कार्यक्रम नगर्ने नगराउने समेत उनले बताए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।