घोडाघोडीमा एक बालिकाको रहस्यमय मृत्यु



कैलालीको घोडाघोडीमा एक बालिकाको रहस्यमय मृत्यु भएको छ । पालिकाको वडा नम्बर १२ नकफोडुवाकी साढे ४ बर्षिया अन्सी चौधरीको खेली रहेको अवस्थामा एक्कासी बेहास भएपछि उपचारका लागि घोडाघोडी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

बालिकाकी आमा काममा गएको समयमा बालिका कैची संग खेलिरहेको प्रत्यक्षदर्शीले बताएको र घटना स्थलमा पनि रगत लागेको अवस्थामा कैची भेटीएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए । बालिकाको बायाँ पट्टी मुटु नै छुने गरी प्वाल परेको जस्तो देखिन्छ । सुखड प्रहरी प्रमुख बोहराले भने,… “घटना स्थलमा पनि रगत लागेको कैची भेटीएकोले खेल्ने क्रममा लड्दा कैची शरिरमा छिरेर मुटु छोएको हो की भन्ने हाम्रो अनुमान हो तर पोष्टमार्टम रिपोर्ट नआई केही भन्न सकिदैन ।”

प्रहरीले घटना स्थल मुचुल्का उठाउने काम गरिरहेको र शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी भईरहेको बताईएको छ । मृतकका आफन्तहरुले भने कैचीले ज्यान जान नसक्ने भन्दै रहस्यमय मृत्यु भएको र निस्पक्ष छानबिनको माग गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्