ज्यान मार्ने अभियोगमा कांग्रेस कार्यकर्ता जेल चलान



घोराही । नेपाली कांग्रेसको शुभेच्छुक संस्था वीपी युवा मञ्च तुलसीपुरका संयोजक केशवराज भुसाल जेल चलान भएका छन् । उनीमाथि २०७० साल मंसिरमा ज्यान मार्ने उद्धेश्यका साथ तुलसीपुरका कृष्णसागर वलीलाई आक्रमण गरेर घाइते बनाएको आरोप लागेको छ ।

भुसालले भने आफू सो घटनामा सलग्न नरहेको दाबी गर्दै आएका छन् । दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै २०७५ मंसिर २२ गते ५ वर्ष जेल सजायको फैसला गरेको थियोे ।

नेकपा छाडेर कांग्रेसमा तुलसिपुरका युवाहरुसहित पार्टी प्रवेश गरेका भुसाललाई केही समय अगाडि कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले पार्टी प्रवेश गराएका थिए ।

उनलाई इप्रका तुलसीपुरले सोमबार पक्राउ गरि बुधबार अदालतमा बुझाएको थियो । अदालतले उनलाई तुलसीपुर कारागार पठाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्