बाबुरामले हाने नारायणकाजीलाई झटारो



पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले ठूला पार्टीका नेताहरुले बुढीगण्डकी परियोजनाबाट घूस खाएको आरोप लगाएपछि सत्तारुढ नेकपाले उनलाई दिएको चुनौतीको जवाफ दिएका छन् ।

उनले सत्तारुढ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कडा जवाफ फर्काएका छन् । नेकपाको तर्फबाट आजै श्रेष्ठले बाबुरामलाई भ्रष्टाचार गरेको प्रमाण देखाउन चुनौती दिएर विज्ञप्ति निकालेका थिए । त्यसको जवाफस्वरुप भट्टराई आज ट्वीट गर्दै नारायणकाजीमाथी झटारो हानेका हुन् ।

भट्टराईले ट्वीट मार्फत् ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठनको प्रस्ताव गरेका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरी बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएपछि भट्टराईले यस्तो प्रस्तावअघि सारेका हुन् ।

बुधबार साँझ भट्टराईले ट्वीटरमा लेखेका छन् “बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति,अ ोम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं । सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गरौं । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु ।”

२२ असोजमा गृहजिल्ला गोरखामा भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताएपछि त्यो राष्ट्रिय चर्चाको विषय बनेको छ ।

२५ असोजमा प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन भट्टराईलाई चुनौती दिएको थियो । कांग्रेसलाई जवाफ दिँदै उनले छानबिन प्रक्रिया आगाडि बढाए सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेकपा प्रवक्ता श्रेष्ठले आफ्नो अभिव्यक्तिको खण्डन गरेपछि भट्टराई पनि कटाक्ष गरेका छन्न । गोरखा–२ बाट आफूसँग ७ हजार १ सय ७४ मतले पराजित श्रेष्ठ राष्ट्रियसभा सदस्यपछि भट्टराईले ट्वीटमा भने, “जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ ” । 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्