बालश्रम मुक्त बनाउन राजनीतिक दल प्रतिबद्ध



सैघाली खबर

दाङ ,१३ पुस । तुलसीपुर उपमहानगरलाई बालश्रम मुक्त घोषण गर्न यहाँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । एमालेका कृष्ण भुषाल, माओवादी केन्द्रका शेसुराम भण्डारी, काग्रेसका भिम प्रशाद भण्डारीले तुलसीपुरलाई बालश्रम मुक्त बनाउन पहल थाल्ने प्रतिबद्धता जनाएका हुन् । बालश्रम तथा संरक्षण कार्यक्रम अन्तरगत बिहिबार तुलसीपुरमा भएको कार्यक्रममा उनीहरुले बालश्रम मुक्त बनाउने अभियान प्रत्येक घरपरिवारबाट शुरु हुनु पर्ने समेत बताएका थिए ।

युनिसेफ र तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नबजागरण महिला तथा बाल संरक्षण केन्द्र ( न्युसिपिसी)को आयोजनामा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले बलश्रम मुक्त घोषण गर्न सबै नगरबासी प्रतिबद्ध हुनुपर्ने समेत बताएका थिए ।

कार्यक्रममा उपमहानगर बाल संरक्षण समितिका संयोजक नबराज लामिछाने र दुर्गालाल केसीले बाल श्रम मुक्त गर्ने चुनौती र समाधानका उपाय तथा संबैधानिक ब्यबस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण न्युसिपिसीका कार्यक्रम संयोजक भिम खत्रीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्