काठमाडौं /२९ असोज।
काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् ।
स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए । घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।
ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ । विस्फोटबाट घरका झ्यालढोकामा रहेका सिसाहरु फुटेका छन् भने नजिकमा रहेका अन्य घरमा पनि सामान्य क्षति पुगेको छ ।
क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।