निशान र अस्मिताको स्वर ‘संस्कार’ फिल्मको गीतमा सुनिदै



किशोर चौधरीको निर्देशनमा ‘संस्कार’ नामक फिल्म निर्माण हुने भएको छ । फिल्ममा समावेश ‘चितवनको एअरपोर्ट..’ बोलको गीत बुधबार रेकर्ड भएको छ ।

किशोरकै शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीत गायक निशान भट्टराई र अस्मिता अधिकारीको स्वरमा रेकर्ड भएको हो ।

दिनेश कुवर निर्माता रहेको फिल्मको स्क्रिप्ट पनि निर्माता दिनेशले नै लेखेका हुन् । बास्सा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म पारिवारिक कथामा बन्न लागेको हो ।

तिहारलगतै सुटिङ गरिने बताइएको फिल्ममा मनोरञ्जनका साथै समाजोपयोगी सन्देश समेत रहने निर्माता दिनेशले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्