सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट



काठमाडौँ /२९ असोज।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज पनि बुधबारकै जति छापावाल सुन प्रति तोला ९४ हजार ५०० रुपैयाँमा कारोकार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रूपैयाँले घटेर १२०० रुपैयाँमा कारोबार भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्