असाहय बाल बालिकालाई सहयोग



सैघाली खबर

दाङ,१३ पुस । असहाय बाल विकास केन्द्रलाई खाद्यान्न सहयोग गरिएको छ । बाल विकास केन्द्रका अध्यक्ष विष्णु चौधरीलाई बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव एवम नेपाल संस्कृत विश्वविध्यालय कर्मचारी संघ तदर्थ समितिका अध्यक्ष विनयकुमार पोख्रेलले खाध्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले अहिले एक क्विन्टल चामल सहयोग गरिएको र आउदा दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

असहाय बालबालिकाको संरक्षणका लागि उदाहरणीय काम गरेकाले त्यस्ता काममा सबैले सहयोग गर्नुपर्ने भन्दै आफुले बालबालिकालाई चामल सहयोग गरेको बताए । उनले यस्ता सामाजिक काम गर्ने संस्थाहरुलाई सबैले सक्दो सहयोग गर्नुपर्ने भनाई राखेका छन् । सरकारले गर्न नसकेको काम असहाय बाल बिकास केन्द्रले गरेको भन्दै उनले यस्ता कामलाई निरन्तरता दिएमा असहाय बालबालिकाको भबिष्य उज्वल हुने उनको भनाई छ । केन्द्रमा राप्ती अचलका चौध जना बालबालिका छन् । बाल बालिकाहरूलाई शिक्षा, स्वास्थ्य लत्ता कपडा बसोबासको व्यवस्था गरिएको छ ।

यसैबीच चामल सहयोग गरेको भन्दै संस्थाका अध्यक्ष बिष्णु चौधरीले धन्यबाद पनि ब्यक्त गरेका छन् । उनले एक बिज्ञप्ति जारी गरी सबैको सामाजिक कार्यका लागि सबैको सहयोग आबश्यक हुने बताएका छन् । बिज्ञप्तिमा भनिएको छ ‘पोख्रेल सरप्रति आभार ब्यक्त गर्दछु, उहाँहरुकै सहयोगले नै सामाजिक काम गर्ने प्रेरणा मिलेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्