विपिन र नम्रताको जोडी प्रसाद-२’



काठमाडौँ /२९ असोज।

चलचित्र ‘प्रसाद २’ मा पनि विपिन कार्की र नम्रता श्रेष्ठको जोडीको अभिनय रहने भएको छ । ‘प्रसाद’ मा रुचाइएको यो जोडीलाई निर्माण युनिटले सिक्वेल ‘प्रसाद २’ मा पनि दोहोर्याउन लागेको हो । फिल्म अभिनयका लागि बिपिन र नम्रतासँग निर्माण युनिटले सम्झौता समेत गरिसकेको छ ।

तिहारपछि छायाँकन सुरु बताइएको फिल्म सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन् । ‘प्रसाद’ भने दिनेश राउतले निर्देशन गरेका थिए ।

निर्देशक चौधरीले यसअघि फिल्म ‘लभ डायरिज’ निर्देशन गरेका थिए ।

सुवास थापाको निर्माण रहने फिल्मको लेखन सुशील पौडेलले गरेका छन् । ‘प्रसाद’ सुरु हुनुभन्दा अगाडि र अन्त्य भएपछिको कथामा फिल्म निर्माण हुन लागेको हो । ‘प्रसाद’ भन्दा अझ राम्रो फिल्म बनाउने आफ्नो सोच रहेको निर्देशक चौधरीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्