नामसालिङद्धारा राप्ती गाउँपालिका क्षेत्रका किसानलाई गाईगोठ निमार्ण देखि बिउबिजन प्रदान



ओमप्रकाश गुप्ता, भालुवाङ २९ असोज । नामसालिङ सामुदायिक विकास केन्द्र ईलामको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिका क्षेत्र अन्तरगत आफ्नो कार्य क्षेत्रका किसानहरुलाई विभिन्न चरणमा गाईगोठ निमार्ण बाँसको छिटुवा, बिउबिजन र सुधारिएको चुलो प्रदान गरेको छ । जस अनुसार गाउँपालिकाको विभिन्न २३ वस्तीमा गठित कृषि समुहका ६० बढी तरकारी उत्पादक किसानहरूलाई बजार व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बासको छिटुवा वितरण गरेको छ । परियोजना विकास कोष नर्वेको सहयोगमा गाउँपालिका संगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत उक्त सहयोग गरिएको हो ।

यस्तै राप्ती गाउँपालिकाका वडा नम्बर १ माच्छीतालका कुल १८ कुमाल घरमा सुधारिएको गाईगोठ निर्माण गरेको छ । ती गोठ स्थानियको श्रम सहभागिता तथा नासाबिकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । गाउँपालिका संगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत उक्त सहयोग गरिएको हो । परियोजना विकास कोष नर्वेको सहयोगमा संचालित छ ।


त्यसै गरि राप्ती गाउँपालिकाका विभिन्न २३ वस्तीमा गठित कृषि समुहका २०० बढी सदस्यहरुलाई उन्नत जातको आलूको बिउ वितरण गरेको छ । राप्ती गाउँपालिका संगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत उक्त सहयोग गरिएको हो । परियोजना विकास कोष नर्वेको सहयोगमा संचालित छ । उक्त संस्थाले देऊखुरी उपत्यकाको हवापनीमा उपयुक्त हुने विउहरु बितरण गरेको हो ।

त्यसै गरि गाउँपालिकाका विभिन्न २३ वस्तीमा गठित कृषि समुहका २०० बढी सदस्यहरुलाई उन्नत जातको गहू को बिउ वितरण गरेको छ । राप्ती गाउँपालिका संगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत उक्त सहयोग गरिएको हो । परियोजना विकास कोष नर्वेको सहयोगमा संचालित छ । उक्त संस्थाले देऊखुरी उपत्यकाको हवापनीमा उपयुक्त हुने विउहरु बितरण गरेको हो ।


र राप्ती गाउँपालिकाका विभिन्न २३ वस्तीमा गठित कृषि समुहका सदस्यहरुलाई उन्नत जातका तरकारीका बीउ वितरण गरेको छ । राप्ती गाउँपालिका संगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत उक्त सहयोग गरिएको हो । परियोजना विकास कोष नर्वेको सहयोगमा संचालित छ । उक्त संस्थाले प्याज, रायो, मुला, गाँजर, सिमि, खुर्सानीका विउहरु बितरण गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्