उपक्षेत्रियमा वढ्दै प्रविधि , माघमा एसएनसियु,फागुनमा आईसियु सेवा चल्ने



गिरिराज नेपाली
दाङ, १३ पुस । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्र्तगत वालस्वास्थ्य महाशाखा र ‘सेभ द चिल्डेन’ ले राप्ती उपक्षेत्रिय अस्पताललाई एसएनसियु सेवा संञ्चालनका लागि प्रविधि हस्तान्तरण गरेका छन । करिव साढे करिव चार लाख लागतको एसएनसियु उपकरण अस्पतालाई हस्तान्तरण गरिएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापनका महाशाखाका निर्देशक भिम सिहं तिंकरीले अस्पताल परिसरमै एसएनसियु मेशिन सहितको फोटोथेरापी र वारमार मेसिन सहितको उपकरण हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गर्ने निर्देशक तिंकरीले तत्काल लागि दाङमा एनआईसियु सेवाका विकल्पका प्रारम्भीक एसएनसियु सेवा सञ्चालनका लागि विभाग तयार रहेको वताउदै अस्पताललाई प्रविधि हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो –‘ अस्पतालको जनशक्तिको अवस्था नहुदा विकल्प सेवाका रुपमा थालनी गर्ने प्रयास गरेका हौ । ’ तालिम प्राप्त जनशक्तिको व्यवस्थापन भएमा एनआईसियु सेवा पनि सुचारु गर्न महाशाखाले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो ।

लामो समय देखी एनआईसियु र आईसियु संचालनका लागि अस्पतालले तयारी गरे पनि सेवा सञ्चालन हुन सकेको थिएन । तर सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहयोगमा अस्पतालमा प्रविधि भित्रिए संगै सेवा सुरु हुने अवस्था देखिएको छ । तत्कालका लागि प्रारम्भीक एसएनसियु सेवा संञ्चलन गरी नवजात शिशुहरुका लागि विशेष उपचार सेवा यही माघ देखी नै सुरु गर्ने अस्पतालले तयारी गरेको छ । भने आउने फागुन देखी आईसियु सेवा पनि सञ्ंचालन गर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. जर्नादन पन्थीले जानकारी दिनुभयो ।

आईसियु र एनआईसियु संचालनका अस्पताल परिसरमा भौतिक संरचना पनि निर्माणाधिन अवस्थामा रहेकाले अबको केही दिनमै ति संरचना निर्माण सम्पन्न हुने भएकाले तत्कालै एनआईसियु विकल्पका रुपमा एसएनसियु से३वा सुचारु हुने पन्थीले जानकारी दिनुभयो । भने फागुन महिला आईसियु सेवा पनि सञ्ंचालन गरिने उहाँले बताउनुभयो । उहाँले भन्नभयो– ‘ एनएससियु पनि एनआईसियु जस्तै हो, एनआईसियु संघन उपचार सेवा हो, भने एसएनसियु विशेष उपचारको व्यवस्था हो । ’ एनआईसियुको प्रारम्भीक सेवाका रुपमा एसएनसियु लाई लिने गरिन्छ ।

एनआईसियु सेवा संचालनका करिव २६ लाख र आईसियु संचालनका लागि ४० लाखको लागतमा भवन निर्माण भईरहेकाले पन्थीले बताउनुभयो । भवनको भेन्टीलेटर, रङरोगन र विद्युत विस्तारको काम जारी रहेकाले उक्त कार्य सम्पन्न संगै सेवा सुचारु गरिने उहाँले बताउनुभयो । एनएससियु सेवा संचालन पछि उपकरण जनशक्तिको व्यावस्थापन गरी उक्त सेवालाई एनआईसियु सेवाका रुपमा ‘अपग्रेड’ गर्न सकिने पनि उहाँले बताउनुभयो । उहाँले जनशक्ति अभावका बाबजुत पनि अस्पतालले सेवा सुचारु गर्ने प्रयास गरेकाले यसमा सवैको सहयोग पनि अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै राप्ती उपक्षेत्रिय अस्पतालका वाल रोग विशिषज्ञ डा. प्रकाश जोशीले नवजात शिुशु एनआईसियु र एसएनसियु सेवा सामान्य फरक मात्रै रहेको बताउनुभयो । दुवै उपचार पद्धती विशेष उपचार भएकाले प्रारम्भीक र संघन भन्ने नाममा मात्रै फरक रहेको उहाँले बताउनुभयो । एनआईसियु वा एसएनसियु नहुदा सामान्य विरामी परेका कमलपित्त , निमोनिया गडेका नवजातशिशुहरु लाई रिफर गर्नुपर्ने वाध्यता रहेकाले अब त्यो समस्या नरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ कलमपित्त र निमोनियाका भएका नवजात शिशुहरुको उपचारका लागि एसएनसियु सेवा वाट संचालन हुने उहाँले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्