बानेश्वरमा बैंकका सुरक्षा गार्डकाे खुकुरी खाेसेर उनैमाथि आक्रमण



काठमाडौं /२९ असोज।
काठमाण्डौको बानेश्वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

बैंकमा पुगेका सेवाग्राही र बैंकका कर्मचारीबीच विवाद भएको र विवाद मिलाउन खोज्दा सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार भएको बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

उनले सुरक्षा गार्डकै खुकुरी खोसेर प्रहार गरेको डीएसपी बस्नेतको भनाइ छ । घाइते मगरको अहिले बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्