बाघको हड्डीसहित तीन पक्राउ

By थाहा अनलाइन

December 29, 2017

सैघाली खबर घोराही, १४ पुस । बाघको हड्डीसहित दाङमा तीन जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक विवेक शाहको नेतृत्वमा गएको टोलीले बबई गाउँपालिका—४ हापुरेबाट बाघको हड्डीसहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी निरिक्षक शाहका अनुसार पक्राउ पर्नेमा बबई गाउँपालिका—४ सुन्दरखाल निवासी ५९ बर्षीय पुर्णबहादुर हमाल, काशीराम विक र सल्यान त्रिबेणी गाउँपालिका—१ का ४५ बर्षीय चन्द्रबहादुर वली पक्राउ परेका हुन् ।

विशेष सुराकीका आधारमा उनीहरुलाई बबई गाउँपालिका—४ हापुरेबाट पक्राउ गरिएको हो । उनीहरुलाई थप कारबाहीका लागि आज जिल्ला बन कार्यालयमा पठाउने प्रहरी निरिक्षक शाहले जानकारी दिनुभएको छ ।।