लुकेर बसेका हत्या आरोपी ३० वर्षपछि पक्राउ



सिमरा । बारा प्रहरीले हत्या अभियोगमा फरार रहेका अभियुक्तलाई ३० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको साविक अतृगञ्ज गाविस–७ हाल सिम्रौनगढ नपा–७ निवासी श्यामप्रसाद कुशवाहा रहेको प्रहरीले जनाएको छ ।

अभियुक्त सिम्रौनगढ नगरपालिका वार्ड–६ कोहलपुर निवासी जयमंगल प्रसादलाई विस २०४४÷ भदौ १२ गते हत्या गरी विगत ३० वर्षदेखि फरार रहेको थिए । हत्या भएको लगत्तै फरार रहेका अभियुक्तलाई बज्रकिशोर प्रसाद कोइरीले दिएको किटानी जाहिरीको आधारमा प्रहरीले मुद्धा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएको थियो ।

जिल्ला अदालत बाराले पनि हत्याको अभियोगमा अभियुक्तलाई दोषी ठहर गरी १० वर्षको कैद फैसला गरेको थियो । हत्या भएको दिनदेखि फरार रहेको अभियुक्त विगत लामो समयदेखि भारतको विभिन्न ठाउँमा लुकिछिपी बसोबास गर्दै आएका थिए ।

विशेष सूचनाको आधारमा २ न प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको संयुक्त प्रहरी टोलीले खोजतलास गर्नेक्रममा गएको असोज २८ नेपाल–भारत सिमा क्षेत्रको सिम्रौनगढ नपा–२ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कृष्ण प्रसाईले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्