बझाङमा जिप दुर्घटना, ४ जना घाइते



उत्तम कुमार थापा,बझाङ /३० असोज।
बझाङमा जिप दुर्घटना भएको छ । आज विहान चैनपुर देखि सुनिगाड जाने क्रममा भाेपुरमा दुर्घटना भएको हाे ।

भाेपुरमा दुर्घटना भएको जिप से १ ज १११९ नम्बरकाे रहेको छ । सवार ४ जना मध्यान जिप गाडी साहुले चलाएको र भिटा माेडिएकाे विच सडकमा लिन खाेज्दा तल खसेको स्राेतले बताएको छ ।

घाइते ४ जना मध्ये एक जनालाई गम्भीर चाेट लागेको हुदा रिफर गरिएको हाे ।घाइते हुनेमा मष्टा गाउँपालीका वडा नम्बर ४ का बर्ष ४२ का शेर बहादुर थापा,सुर्मा गाउँपालीका वडा नम्बर २ का २३ बर्षका सुर्याेग बाेहरा ,जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का अग्नि राज जाेशी बर्ष २१ का जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का भक्तराज जाेशी बर्ष २० का घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये अग्निराज जाेशीलाई गहिरो चाेट पटक लागेकाले हेदा रिफर गरिएकाे छ । भने अरुकाे सामान्य चाेटहुदा जिल्ला अस्पताल बझाङमा उपचार भैईरहेकाे डाक्टर सन्दिप ओखेडाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्