पुनर्जन्म लिनुपर्दछ निर्मलाहरुले धर्तिमा फेरि अब



राज कुमार कार्की
“कविता”
लेख्दैछु आज म कविताको शिर्षक नै अब त “कविता”।
बढ्दैछ महिला हत्याहिंसा किन हेर्दछ समाज रमिता।।
कविता तिम्रो लागि रहेनछ यहाँ कहिँ कतै नै सरकार ।
रक्षकहरु नै तिम्रा लागि भक्षक हुन नगर यिनको दरकार।।
सरस्वती मात्र हैन अब त बन्नुपर्दछ तिमिले फेरि कालि।
हलो र जुवा मात्रले पुग्दैन अब त नबनेर हुँदैन है फाली।।
खाना नै मिठो भन्दछ्न आजकाल सबले किन हो थकाली।
कविता तिमिले तह लगाउनु पर्दछ भक्षक सबका बङ्गारा नै फुकालि।।
कानुनमा पनि आजकल मिसिएको छ भन्दछ्न सबले नुन ।
आखामा पट्टी बाधिएको देखेकाछौ कसरी न्याय मिल्ला सुन।।
उठ जाग कविता तिमीले जोगाउनु पर्द्छ सब नारीको अस्मिता।
उठाउ अब त हतियार अत्याचार बढ्यो नहेर फेरि है रमिता।।
हिन्दु धर्ममा लेखिएको छ सबले मान्दछ्न देवी नै हुन नारी।
घुम्ने कुर्सी माथि बसेको छ अन्धो झैं हत्याहिंसा देख्दैन फेरि।।
उठाउ अब त कलम लेख महिला हत्याहिंसा विरुद्ध कानुन ।
दाइजो प्रथाले समाजमा महिला हत्याहिंसा बढ्यो सबले जानुन।।
पुनर्जन्म लिनुपर्दछ निर्मलाहरुले धर्तिमा फेरि अब।
उठ जाग महिला हो खाली नै किन हुन गो आधा आकाश।।
कस्तो गणतन्त्र आयो नारी अस्मिता माथि सधैं धावा नै बोल्ने।
उठ जाग कविता बेला आयो खलनायक हैन नायक बनि खेल्ने ।।
उठौ जागौ समाज सब मिलेर लागौं अगाडी फेरि अब ।
देख्दै छौ हामीसबले दलहरु भित्र सधैं नै आन्तरिक लडाइ।।
मृत्यु दण्ड नै किन दिन नपरोस् ल्याउनु पर्दछ कानुनमा कडाइ।
कस्ता अधिकारवादी हुन महिला हत्याहिंसा कहिले नदेख्ने।।
कता गए ती महिला दिदीबहिनीहरु भन्ने मुक्तिका स्वर।
उठ जाग कविता अब त नबनेर सधैं भक्ति भावको भोटर।।
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्