थप २१ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो



काठमाडाैं /३० असोज।
नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ।

गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ४ हजार ३ सय ९२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ।

कुल संक्रमितमध्ये ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्