मिर्गौला, क्यान्सर र पक्षघातका विरामीले केहि दिन बाटै भत्ता पाउने



सैघाली खबर
काठमाडौं,१४ पुस

दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र पक्षघात भएका विरामीले केहि दिन भित्र भत्ता पाउने भएका छन् । हिजोको मन्त्रिपरिषद् बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएकालाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । अब तत्काल कार्यविधी बनाएर त्यस्ता विरामीलाई सहजै भत्ता उपलब्ध गराउने तयारी स्वास्थ्य मन्त्रालयले थालेको छ ।

स्वास्थ्य मन्त्री दीपक बोहराले विरामीको स्वास्थ्य लाभ र जिविकोपार्जनका लागि सघाउ पुगोस् भनेर यस्तो निर्णय गरिएको बताउनुभयो । अब एक साता भित्र कार्यविधी बनाएर मन्त्री निर्णय लागु गरिने उहाँले बताउनुभयो । यस्ता विरामी लागि भत्ता वापत दिइने रकम वार्षिक २ अर्ब भन्दा बढि हुनेछ र त्यो रकम सुर्तीजन्य उत्पादनमा लगाईएको कर वापत आएको आम्दानीबाट जुटाईनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्