लमहीका २४ जना सहित दाङमा आज एकै दिन ६१ जनामा कोरोना संक्रमण पुष्टि



दाङ ३० असोज । दाङको लमहीमा २४ जना सहित आज एकै दिन दाङमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञानको फिबर क्लिनिकमा संकलन गरिएको स्वाब परिक्षणमा थप ६१ जनामा संक्रमण देखिएको हो । आज सबैभन्दा धेरै लमहीमा नयाँ संक्रमित थपिएका छन् ।

लमहीका २४ संक्रमण देखिएको हो । त्यसै गरी घोराहीका १७ जना , तुलसीपुरका ११ जना, राप्ती र राजपुरमा १÷१ जनामा संक्रमण देखिएको हो भने अन्य ७ जना जिल्ला बाहिरका रहेका छन् । अहिले सम्म जिल्लामा १ हजार ७०८ जनामा संक्रमण देखिएको छ भने उनिहरुमध्ये १ हजार १६६ डिस्चार्ज भएका छन् । दाङमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्