चाडपर्वका समयमा सतर्क रहन नागरिकहरुलाई दाङ प्रहरीको आग्रह, १०९ प्रहरी परिचालन हुने



दाङ ३० असोज । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्वको सयमा घरमा चोरी डकैती हुन सक्ने भन्दै सतर्क हुन आम नागरिकलाई आग्रह गरेको छ । घर बाहिर निस्कदा झ्याल ढोका राम्रो सँग लगाउन, सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न, जथाभावी मादक पदार्थ नबेच्न र सेवन नगर्न साथै कोरोना जोखिम रहेको भन्दै सामाजिक दुरी कायम गर्न र घरमै बसेर मनाउन आग्रह छ । दाङ प्रहरीले जिल्लामा चाडवर्ष विषेश सुरक्षा योजना लागू गर्दै हिन्दु नेपालीहरुको महान पर्व वडादशैं, तिहार तथा छठपर्वको समयमा हुन सक्ने अपराधिक कार्यलाई रोक्न सुरक्षा योजना लागु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दका अनुसार विभिन्न युनिटमा प्रहरी परिचालन गरि चाडपर्वको समयमा १ सय ९ जना प्रहरी परिचालन गरिने छ । उक्त सुरक्षा योजना अनुसार जिल्लाभर रातको समयमा ३० ठाउँमा सवारी चेकजाँच, २४ सौँ घण्टा पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, दाङका मुख्य नाकामा चेकजाँचका साथै दिउँस तथा रातको सयमा हुन सक्ने चोरी, डकैती, लुटपाटलाई लक्षित गरि आकस्मितक कर्ड एण्ड सर्च अपरेसन समेत सञ्चालन गरिने छ । यसै बीच यस्तै कुनै पनि घटना भएमा वा घटना हुन सक्ने आशंका भएमा नजिकको प्रहरी कार्यालय वा १०० फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्