राप्ती गाउँपालिकाको हरियाली र महाप्रभु सहकारीको साधारणसभा सम्पन्न



ओमप्रकाश गुप्ता, भालुवाङ ३० असोज । देउखुरीको राप्ती गाउँपालिकाका २ वटा सहकारी संस्थाहरुको साधारण सभा शुक्रवार सम्पन्न भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको हरियाली बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा आफ्नै कार्यालय भवन परिसरमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष शिवध्वज मल्लको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्दै प्रमुख अतिथि सुवेदीले राप्ती गाउँपालिका क्षेत्र भित्रका सहकारीहरुको एकिकरण गर्ने जिम्मा हरियाली सहकारीले लिनुपर्ने बताएका थिए । सभामा जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्मा, राष्ट्रिय सहकारी बैंक पश्चिम क्षेत्र तालिम केन्द्रका प्रमुख नारायण बेल्वासे, नेप्सुन फिल्ड कार्यालय दाङ शाखा प्रमुख वेदप्रसाद भट्टराई, साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तराज शर्मा, सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारी, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, संस्थाका सदस्य निर्मला भट्टराई लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य राधा पाण्डेले गरेकी थिइन् । विगतका वर्षहरुमा एकै थलोमा जम्मा भएर तामझामका साथ साधारण सभा हुँदै आएकोमा यस वर्ष कोरोना भाइरस (कोभिड १९) महामारीका कारण एकै थलोमा जम्मा नभई कार्यक्षेत्रका विभिन्न वडा,टोल तथा पालिकामा गएर चरणवद्ध साधारणसभा गरि समापन भने प्रतिनिधित्वमुलक तरिकाले सहभागी गराई साधारणसभाको समापन गरिएको हो ।

महाप्रभु सहकारीको १३ औँ साधारण सभा
महाप्रभु बचत तथा ऋण सहकारी संस्था राप्ती गाउँपालिका २ लालमटियाको १३ औँ वार्षिक साधारण सभा आफ्नै कार्यालयमा शुक्रवार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुकमाङगत ज्ञवालीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन सचिव हरिप्रसाद भुसाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रामकृष्ण पौडेलले प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व लालमटिया गाविस अध्यक्ष दोर्ण भुसाल, स्वर्गद्धारी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष विश्वराज आचार्य, माइनेट प्रमाणीकरण प्रतिनीधि डिलाराम पोख्रेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव माधव शर्माले गरेका थिए ।

विगतका वर्षहरुमा एकै थलोमा जम्मा भएर तामझामका साथ साधारण सभा हुँदै आएकोमा यस वर्ष कोरोना भाइरस (कोभिड १९) महामारीका कारण एकै थलोमा जम्मा नभई कार्यक्षेत्रका विभिन्न वडा,टोल तथा पालिकामा गएर चरणवद्ध साधारणसभा गरि समापन भने प्रतिनिधित्वमुलक तरिकाले सहभागी गराई साधारणसभाको समापन गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्