समाचार

देशभरकै उत्कृष्ट शान्ति समाज दाङ

By थाहा अनलाइन

December 29, 2017

शरद रेग्मी काठमाडौ पौष १४ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखा देशभरिका शाखाहरु मध्ये उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ । समाजको रौतहटको चन्द्र निगाहपुरमा भएको २०औ राष्ट्रिय परिषद बैठकमा शान्ति समाज दाङ शाखा देशभरकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो ।

दाङ शाखाका हरेक गतिविधि हरु अरुभन्दा शसक्त र निरन्तर मानबअधिकारको क्षेत्रमा क्रियाशिल रहेको भन्दै यस पटक पनि दाङ शाखाले गरेका कार्सम्पादनको मुल्यांकन गर्दै केन्द्रीय कार्यसमितिले दाङ शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मान गर्ने निर्णय गरेको केन्द्रीय सभापति गँगाधर अधिकारीले जानकारी दिनुभयो । दाङ शाखा हरेक गतिविधिमा अगाडि छ हामीले फेरिपनि दाङ शाखालाई उत्कृष्ट शाखाको रुपमा सम्मानित गरेका छौ दाङ शाखाको सिको अन्य जिल्लाहरुले पनि गर्नुपर्छ केन्द्रीय सभापति अधिकारिले भन्नुभयो ।