भारतीय एस.एस बी. सिमाक्षेत्रमा यस्तो गर्छन



 

जनक नेपाली 
दाङ , पुस १४ ।  बिहानै दशगजामा नेपालीहरुको भिड देखिन्यो ।  भारतीय एस .एस बीले  नुन तेल किन्न जाने नेपालीका  खान तलासी गर्दै थिए । कसैको झोला हेर्दे थिए गाली गर्दै गरेको प्रष्ट देखिन्थ्यो  । नेपाली बजार सम्म  सिमाबासीको पहुँच नपुग्दा दैनिक भारतीय एस.एस.बी. ज्यादती दैनिक सिमाबासीले भोग्दै आएका छन।

नेपालमा बसोवास भएपनी दैनिक गुजारा भारतबाट चल्लने भएपछि भारतिय एस. एस . बि जे जस्तो ज्यादती गरेनी सहन बाध्य भएको खग्रा नाका स्थानिय बासिन्दाको भनाई छ ।कुटानी पिसानी देखी नुन , तेल,  चामल , कपडा लत्ता किन्न भारतीय बजारमै जानै पर्ने बाध्य भएपछि एस. एस. वि को निर्देशनमा चल्ल बाध्य भएको स्थानिय डम्मरवहादुर थापाले वताउनुभयो ।

२०२७ सालमा खाग्रा नाकामा वसेको ७० घर परिवार हाल एस . एस.बी को चपेटामा परेका छन । एस . एस. वि गाँउ पसी फलेका तरकारी देखी घरमा पालेका हासँ ,कुखुरा खशी ,बाखा्र समेत जवरजस्ती लग्दा पनी चुपचाप सहनु पर्ने बाध्यता भएको थापाको भनाई छ ।जनयुद्धको समयमा भारतीय एस . एस. बी. को रबैया कम भएपनी विस्तारै बढाउँदै गएको वताउनुभयो ।

 

एस. एस . बि  दैनिक गाउँ पसी सताउने भन्दै त्यसको प्रत्यक्ष पिडा नाकाका महिला दिदी वहिनी हरुले खेप्दै आएको थापाको भनाई छ ।  ससस्त्र युद्ध र २०६२ ÷२०६३ सालको जनआन्दोलन भन्दा पहिले भारतको कनकटमा वसेको एस . एस. वि. नेपालको सिमा मिच्दै खग्रा नाका सम्म आएको ले बताउनु भयो । नाका बासीको ठुलो बजार भनेकै घोराही रहेको बताउदै उहाँले यातायातको सुविधा नहुदा घोराही सम्म पुग्न तिन ÷ चार दिन लाग्ने भएका कारण भारतीय बजार तुलसिपुर जाने गरेको भनाई छ ।उहाले भन्नु भयो गाउँमा राति जो विरामी ,सुत्केरी भएपनी त्यसको भोली पल्टमात्र अस्पतालको देख्न पाउँछन् ।

सिमा अन्दोलन हुनु  भन्दा पहिले नेपालको सिमा अतिक्रमण गरेको भारतीय एस . एस. वि. अहिले नेपालको सिमा स्तम खग्रानाका आधा गाउँ जाने गरि अतिक्रमण गरेको  अर्का स्थानियबासी श्याम रोकाले बताउनुभयो ।
खाग्रा नाका भन्दा ७ किलो मिटर दक्षिणमा रहेका चार वटा दशगजा मिच्दै गाउँ सम्म आई पुगेको बताउदै रोकाले त्यसबारेमा कसैले चासो नदेखाएको बताउनु भयो ।


रोकाले भन्नु भयो गाउँको  खेती योग्य जमिन भारतले अतिक्रमण गरेको भन्दै अब आफुहरु खाग्रा बचाउँ अभियान सञ्चालन गर्ने सोचमा रहेका छौ भन्नुभयो  । नाकामा बस्ति नबसेको भए सवै नेपालको भुमि भारतले कब्जा गर्ने भन्दै खाग्रा बासी सुकुम्बासी भएपनी सिमा रक्षक बनेर बसेको उहाँको भनाई छ।

यसोत नेपालको सिमा सुरक्षामा खटेको प्रहरी पनी भारतीय एस . एस. बी संग पछि हटेको छ । भारतिय एस . एस.बी . लाई कडाई गर्दा नेपालका सर्वसाधारण जनतालाई दुःख दिने भोक भोकै मर्ने भन्दै उनिहरुलाई कडाई नगरे  सिमा प्रहरी चौकी खाग्राले वताएको छ ।एस . एस. बी ले पटक पटक  खग्रा नाकामा वरपर आगो समेत लगाउने गरेको छ । केही बर्ष पहिले वर्ष पहिले फोरी नाका आगो लाउदा १५ घर गाई बाख्रा लजेर नष्ठ पारेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्