बर्राचौरको खहरेखोला, ढाकाचौर, सिम्लेका स्थानीय बासिन्दाले वर्षौंदेखि कुलाको पानी खान बाध्य



अमृत भट्टराई / बिहादी, पर्वत । पर्वतको बिहादी गाउँपालीका वडा नम्बर २ बर्राचौरको खहरेखोला, ढाकाचौर, सिम्लेका स्थानीय बासिन्दाले वर्षौंदेखि कुलाको पानी खान बाध्य रहेका छन् ।

बर्राचौरको व्यापारिक केन्द्र भनेर चिनिने ठाउँमा नै राम्रो खानेपानी को व्यवस्था नभएको स्थानीय व्यापारी खहरेखोलामा २० वर्ष देखि होटल गर्दै आएका होमनाथ पराजुलीले बिहादी पोष्टलाई जानकारी दिए । पराजुली त एक पत्र मात्र हुन यस्तै समस्य वर्षौंदेखि झेल्दै आएका ढाकाचौरका बसन्त भन्नछन् । हामीलाई खानेपानी को धारा नभएपनि पातलदेखि खहरेखोला, सिम्ले,ढाकाचौर सम्मको पाइप ( नाला )उपलब्ध गराउन स्थानीय सरकार भएपछि पटकपटक वडा कार्यलय मा मौउफिक जानकारी दिदा केन्द्र र प्रदेशको योजना पर्छ र नालाको व्यवस्था हुन्छ भने उत्तर आएपनि स्थानीय सरकार भएको तीन वर्ष भइसक्दा पनि आफ्नो गुनासो सुनेको नसुने जस्तै गरेको बताउछन् ।

उता सिम्मले मा घर भएका देवेन्द्र पराजुली भन्छन् हामी कुलाको सिचाइ का लागि ल्याउने पानी खादै आएका छौँ कहिलेकाही पानी धमिलो र निकै फोहोर मिसिएर आएको हुन्छ अरु पानी पाउने विकल्प पनि छैन अनि तेहि धमिलो पानी पिउन बाध्य हुन्छौं ।

यस क्षेत्रका बासिन्दाले खहरेखोला बाट सिचाइ मा प्रयोग गर्ने लगेको पानी पिउने गरेको पाइन्छ ।

पछिल्लो समय विभिन्न पसलबाट निस्केको फोहोर मिसिएको र त्यो देखेपनि तेही पानी पिउन बाध्य रहेको स्थानीयवासीको गुनासो रहेको छ ।
उता वडा कार्यलयले स्थानीय सरकारको ५ बर्षको अवधिमा बर्राचौरका सबैको घरघरमा पानीको धारा पुराउने उदेश्यले विभिन्न कार्यक्रम अघि सारेको र केही घरदुरीमा एक घर एक धारा निर्माण भएर प्रयोग गरेको जानकारी दियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्