सञ्चारकर्मी निर्मला मृत्यु प्रकरण : अदालतले अभियुक्तलाई रिहा गरेपछि पिडितद्वारा प्रदर्शन



धनबहादुर बिक ,कैलाली । पत्रकार निर्मला पहराई हत्या प्रकरणमा अदालतले पिडितको पक्षमा न्याय दिन नसकेको भन्दै अाज कैलालीको सुख्खडमा अायोजित अान्दोलन बाट अनिश्चितकालीन सुप बन्द को घोषण गरेका छन ।

कैलालीको घोडाघोडी नगरपालिका स्थित कैलाली एफ एम मा कार्यरत पत्रकार निर्मला पहराई को बलात्कार पछि हत्या गरिएको घटना प्रति कैलाली जिल्ला अदालतले पिडितका पक्षमा न्याय दिन नसकेको बिरोधमा शुक्रबारदेखि दलित अगुवा तथ विभिन्न अधिकारवादी संघसंस्थाले शुक्रबार कैलालीको सुख्खडमा अान्दोलन गर्दै बिहिबारदेखि अनिश्चितकालीन सुप बन्दको घोषणा गरेका छन ।

पहराईको हत्याको अभियोगमा किटानी जाहेरिका अाधारमा सोही नगरपालिका का उनका प्रेमि भनियका २८ बर्षिय ललित जाग्रि र जाग्रिका अर्कि प्रेमिका धनाा साउैद लाई प्रहरीले पक्राउ गरि पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखियो थियौ भने बिहिवार कैलाली जिल्ला अदालत मा चलेको बहसमा जिल्ला न्याधिस बाबुकाजी बानियाको एकल ईजलासले जनहि १/१ लाख धरौटीमा दुबै जना अभियुक्तलाई रिहा गरियपछि पिडित पक्षहरू निरास भएकन हुन ।

गत भाद्र ३१ गते पत्रकार पहराई लाई बलात्कार पछि घोडाघोडी नगरपालिका ५ देउकलिया गाउँको फुलवारी सामुदायिक बनको जंगलमा झुण्ड्याईएको अवस्थामा अभिभावकले फेलापारेका थिए । संदिग्ध व्यक्ति खोजतलास गर्दै जांदा ललित जाग्रि र रिया भनिने धना सांउदलाई प्रहरीले नियन्त्रणमा लियर हत्यामा संलग्न देखियको ठहर गरि बलात्कार पछि कर्तव्य ज्यान सम्बन्धि मुद्दा दायर गरिएको थियो
अभियुक्त जाग्रि र धना साउंद बिरूद्ध हत्या संग सम्बन्धित प्रशस्त प्रमाण हुंदाहुंदै अदालतले धरौटिमा रिहाइ गरिनु दुर्भाग्यपूर्ण भएको पिडितपक्षले ठहर गरेका छन ।

शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका स्थित सुख्खड बजारमा अायोजना गरिएको शान्तिपूर्ण दबाब कार्यक्रममार्फत बिहिबारदेखि सुदूपश्चिम यातायात सवारीसाधन , कार्यालय तथ उधोग व्यवसाय हरू अनिश्चितकालीन बन्द को घोषणा गरिएको छ ।
अान्दोलन का संयोजक तथा मिशन अमणबेडकर नेपाल का संयोजक मनोज जैगडिका अनुसार जबसम्म निर्मला पहराईका हत्यारालाई हत्यारा करार गराई कानुनबमोजिम कारागार चलान गरिदैन अान्दोलन नरोकिने बतनउनुभयो , यसका साथै पिडितलाई क्षतिपूर्ति सहित राहत दिनुपर्ने समेत माग रहेको अान्दोलन का संयोजक जैगडिले बताउनुभयो ।

शुक्रबार अान्दोलन गरिनुअघि धनगढीमा बिहान १० बजे पिडित पक्षद्वारा पत्रकार सम्मेलन समेत गरिएको थियो ।
अपरान्ह दुई बजेदेखि कैलालीको घोडाघोडी नगरपालिका सुख्खडमा अायोजित अान्दोलन लाई सम्बोधन गर्दै संयोजक जैगडिले दुई तिहाई सरकार को यो देशको कानुनले दलितको पक्षमा कुनै प्रकारको न्याय दिन सकेको छैन , यस्तै अान्दोलन लाई सम्बोधन गर्दै नेपाल दलित पारटीका मेघ बहादुर कामिले सरकारलाई खुला चुनौति दिदै जवसम्म दलितले न्याय पाउदैन सडकदेखि सदनसम्म तताउन बाध्य हुनेछौ भन्नुभयो । कार्यक्रममा मृतक निर्मला का दाजु विशाल पहराईले पैसाको चलखेल गरेर अाफुहरूलाई न्यायलयले ठगि गरेको बताए ।


उता कञ्चनपुर मा पनि दलित बालिका अपहरण पछि सामुहिक बलात्कार गरिएको अभियोगमा पक्राउ गरिएका छ जना मध्ये कञ्चनपुर अदालतले पाँच जना लाई जनही १ लाख २५ हजार धरौटिमा रिहा गरेको छ । कञ्चनपुर बेलडाडी गाउपालिका ३ कि १५ बर्षिय दलित बालिका लाई गत भाद्र १४ गतेदेखि १९ गतेसम्म अपहरण गरि बन्धक बनायर सोही गाउका सुरज साउंद , मनमोहन साउंद , दिपक भट्ट , मनोज बिष्ट , रोहित रोकाया , प्रकाश बिष्ट , नरेन्द्र बिष्ट र लक्ष्मिराज गिरिले अपहरण गरेर सामुहिक बलात्कार गरेका थिए । पिडित बालिकाको किटानि बयानका अाधारमा भा्द्र २४ गतेदेखि समयसमयमा छ जनालाई प्रहरीले पक्राउ गरेको थिय ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्