घोडाघोडीको वडा भवन उद्घाटनमा उप प्रमुख थापा द्धारा बबन्डर ‘ शिलालेखमा ढुङ्गा र मुक्का प्रहार’



कैलालीको घोडाघोडी नगरपालिद्धारा नवनिर्मित वडा कार्यालय भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बिबाद सृजना भएको छ । वडा नम्बर ७ को वडा भवन हस्तान्तरण कार्यक्रममा बिबाद सृजना भएको हो ।

उप प्रमुख प्रेम कुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै बबन्डर मचाएकि हुन् । शिलालेखमा मेयरको नाम समाबेश भएको तर आफ्नो नाम समाबेश नभएको भन्दै सिलालेखमा ढुङ्गा प्रहार गरेकी हुन् ।

नगर सरकार बिरुद्ध उप प्रमुख प्रेम कुमारी थापाले नाराबासी गर्दे शिलालेखमा ढुङ्गा मुक्का प्रहार गरेकी हुन् । कार्यपालिकामा कुनै छलफल नभए एका एक नगर प्रमुखले एकलौटी ढङ्ग बाट नाम लेख्न दिएको उनले आरोप छ ।

कार्यक्रममा सहभागीहरुले बारम्बार सम्झउदा पनि उपप्रमुख थापा अझ आक्रोसित हुदै नगर सरकार बिरुद्ध नाराबासी गरेकी हुन् । उनले तत्काल सिलालेख हटाउन पर्ने माग गर्दे समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बबन्डर मचाएकि हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्