गुल्मीका ग्राफिक्स डिजाइनर इश्वर विश्वकर्मा जिल्लाको गुल्मीदरबार गाउँपालिकाद्वा सम्मानित



रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १ । गुल्मीका ग्राफिक्स डिजाइनर इश्वर विश्वकर्मा जिल्लाको गुल्मीदरबार गाउँपालिकाद्वा सम्मानित भएका छन् । गाउँपालिकाले दिएको अवधारणा अनुसार पालिकाको पहिचान सहितको लोगो डिजाइन गरेका विश्वकर्मालाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । जिल्लाको रेसुंगा नगरपालिका–८ का बिश्वकर्मालाई गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकीय अधिकृत पाण्डेले संयुक्त रुपमा योगदानको उच्च कदर गर्दै नगद र प्रशंसा पत्रले एक कार्यक्रमका बिच सम्मान गरेका थिए ।

गाउँपालिकाले गरेको सम्मानले आफुलाई हौसला प्रदान गरेको भन्दै विश्वकर्माले गाउँपालिकालाई धन्यवाद समेत ज्ञापन गरेका छन् । गाउँपालिकाले केहि समय अघि पहिचान सहितको लोगो सार्वजनिक गरेको थियो । लोगोको डिजाइनर इश्वर विश्वकर्मा हुन । गाउँपालिका जिल्लामा रहेका स्थानीय तहमध्ये आफ्नो लोगो सार्वजनिक गर्ने पहिलो गाउँपालिका हो ।

 

गाउँपालिकाले पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, पर्यटन, कृषि क्षेत्रलाई समेटेर सार्वजनिक गरिएको लोगोमा रहेका–७ वटा लालीगुराँसले गाउँपालिका भित्रका ७ वटा वडाहरुलाई जनाएको छ । रेसुङ्गाको पहाड र टावर पार्कको संकेतले पर्यटन एवं समृद्धिको संकेत गरेको गाउँपालिकाले जनाएको छ ।

चारपाला दरवारको भवनले गाउँपालिकाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संकेत गरेको छ । धानको बाला र मकैको संकेतले गाउँपालिका भित्रको कृषि क्षेत्रलाई समावेश गरेको छ । धानको बालामा रहेका दानाले पालिकाका सम्पूर्ण जनप्रतिनिधि एकताको सङ्केत गरेको छ । लोगोमा रहेको गोल्डेन माछाले गाउँपालिका बासीको सुख, समृद्धि, सौभाग्यको संकेत गरेको प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए ।

झाँकीहरुको संकेतले पालिकाभित्र रहेको कला, संस्कृति र विभिन्न जातजातिको संकेत गरेको छ । गाउँपालिकाको नक्सालाई महिला पुरुषले उचालेको संकेतमा सुखी र समृद्ध पालिका निर्माणमा सबैको साथ र सहयोग रहेको संकेत गरिएको छ । लोगोमा रहेको मौरीको घार र मौरीले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र जनताले परिश्रमको संकेतसँगै बलिथुम मौरीमा आत्मनिर्भरता भन्ने जनाएको पाण्डेले बताए ।

लोगोमा रहेको हरियो रङले खेतीयोग्य जमिन र कृषकको प्रतिनिधित्व, रातो रङले आर्थिक क्रान्ति र समृद्धि, सेतो रङले शान्त र सुखी जनताको संकेत गरेको छ । यस्तै पहेलो रङले सौभाग्यको संकेत र निलो रङले पालिकाभित्र स्वच्छ खानेपानीको व्यवस्था भएको संकेत गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका आफैं स्वायत्त भएकाले गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक गरेको पाण्डेले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्